पाल्पा पहिराे : बेपत्ता ५ मध्ये २ जनाकाे शव भेटियाे
पाल्पा – पाल्पाको रम्भा गाउँपालिका २ को फोक्सिङकोटमा पहिरोमा परेर बेपत्ता भएका ५ जनामध्ये शुक्रबार दिउँसो दुई जना महिलाको शव भेटिएको छ । दुई जनाको शव भेटिए पनि परिचय भने खुलेको छैन ।
बिहीबार बिहान पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जना बेपत्ता भएका थिए । पहिरोमा परेर ६३ वर्षीय हुमबहादुर गाहा, उहाँका श्रीमती ४७ वर्षीया धनी गाहा, छोरी १६ वर्षीया कृष्णामाया गाहा, १४ वर्षीया नातिनी खुमिसरा आले र सात वर्षीया नातिनि लक्ष्मी गाहा बेपत्ता भएका थिए ।
बेपत्तामध्ये शुक्रबार दिउँसो सवा १२ बजे दुई महिलाको शव भेटिएको सशस्त्र प्रहरी बल पाल्पाका प्रमुख अरुण सिंहले जानकारी दिनुभयो । बिहीबार निरन्तर झरी र पहिरो जाने क्रम नरोकिएपछि शुक्रबार बिहानदेखि मात्र बेपत्ताहरुको खोजी सुरु भएको हो ।
बिहीबार नै पहिरोले घर पुरिँदा त्यही वडाकी २७ वर्षीया मोतीसरा गाहाको ज्यान गएको थियो ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


