१३ वर्षीय बालकबाट १५ वर्षीया किशोरीले बच्चा जन्माएपछि…
इग्ल्यान्डमा एक १३ वर्षका बालक १५ वर्षीया किशोरीको प्रेममा परे । दुवैबाट बच्चाको जन्म भएको छ । ब्रिटेनमा सबैभन्दा कम उमेरमा बाबु बनेका ती व्यक्तिको नाम एल्फी हो । उनको प्रेमिकाको नाम सेन्टल हो । यो खबर ब्रिटेनमा भाइरल भइरहेको छ ।
१३ वर्षको उमेरमा सेन्टलको बच्चाको पिता बनेका एल्फीले २ वर्षपछि डिएनए जाँच गराएका थिए । जाँच गराएको रिर्पोट आएपछि सबैजनाको होस उडेको थियो । वास्तवमा सेन्टलले आफ्नै कोखबाट जुन बच्चाको जन्म दिएकी थिइन् त्यो बच्चा एल्फीको नभएर अरु कसैको थियो ।
एक मिडिया रिर्पोट अनुसार एल्फी सेन्टलको बच्चाको असली पिता होइनन् । बच्चाको वास्तविक पिता अरु नै हुन् । तर हालसम्म उनको बच्चाको वास्तविक पिता को हुन् त्यसको बारेमा जानकारी आएको छैन् । एल्फी हाल २२ वर्ष पुग्न लागेका छन्, उनले सेन्टल र बच्चालाई छाडिदिएका छन् ।
पछिल्लो समयमा आएर एल्फीले सेन्टलसँग सम्बन्ध राख्नु नै जीवनको सबैभन्दा ठुलो भुल भएको महसुस गरेका छन्, जसको कारण उनले हाँस्ने खेल्ने उमेरमा कठिन कार्य गर्न परेको थियो । उनले प्रेम सम्बन्धको कारण पढाईलाई हानी पुगेको भन्दै काम राम्रो नपाएको पनि गुनासो गरेका छन् ।
एल्फी र सेन्टलको स्कुलमा भेट भएको थियो । जहाँ दुवैजना एक अर्काका राम्रा साथी भएको थिए र हेर्दा हेर्दै नजिक भएका थिए । एल्फी इग्ल्यान्डको ईस्ट एसेक्स मा बस्ने गर्छन् । एजेन्सी
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


