घाटी दबाएर सुशान्तको हत्या भएको वकिलको दाबी
एजेन्सी, । सुशान्त सिंह राजपुतको निधन भएको तीन महिना भन्दा धेरै भएको छ । यस केसमा सीबीआईले अनुसन्धान गरिरहेको छ । सुशान्तको मृत्यु के कारणले भयो आज सम्म पत्ता लगाउन सकेको छैन । अनुसन्धानको क्रममा सुशान्तका पिताको वकिल विकास सिंहले सुशान्तको आत्महत्या नभएर गला दबाएर मारेको आरोप लगाएका छन् । विकास सिंह को नामको ट्विटर एकाउन्टबाट यस्तो पोस्ट गरिएको छ, जसमा लेखिएको छ,सुशान्तको आत्महत्या नभएर हत्या हो ।
ट्विटरमा लेखिएको छ ‘सीबीआईले सुशान्तको केसलाई आत्महत्या गर्न उक्साउनेबाट हत्याको केस रुपान्तरण गर्न कोशिश गर्दैछ । चिकित्सक एम्सको टिमले मैले पठाएको फोटोबाट आत्महत्या नभई २००% हत्या भएको बताएका छन् । विकास सिंहको कुरा गर्दै उनका चीफ सुधिर गुप्ताले अनुसन्धान भइरहेको तर हामी घाँटीको छाप र अपराध दुृष्य हेरेर मात्र हत्या हो वा आत्महत्या हो भन्न नसकिने बताएका छन् । उनले भने ‘थप अनुसन्धान गर्न आवश्यक छ । अहिलेसम्म कुनै परिणाम आएको छैन् । ’
सुशान्तको केसलाई लिएर १४ जुन पछि धेरै प्रकारका अफवाह फैलियो । सीबीआईले अनुसन्धान गर्नुपर्ने माग वलिउडकमी र साथीहरुले नै गरे । हालसम्म भने एम्सको रिर्पोट र सीबीआईको अनुसन्धानबारे कुनै डिटेल आएको छैन् । सुशान्तको पिताले आफ्नो छोरी १० मिनेटको दुरीका भएको जानकारी दिदै सुशान्तको ढोका खोल्नु अगाडी उनीहरुले त्यहाँबाट लक ब्रेकर पनि पठाएको आरोप लगाएका छन् । उनले भने, ‘के यी सबै परिस्थितीले शंका उत्पन्न गर्दैनन् रु कसैले शरीर तल झरेको देखेनन् । ’
सुशान्तको मृत्युपछि परिवारले बिहारमा मुद्दा दायर गरेका थिए । सुरुवातमा उनीहरुले आत्महत्याको लागि उकासेको शंका गरेपनि पछिल्लो समयमा हत्या भएको बताइरहेका छन् । सुशान्तका साथीहरुले पनि आत्महत्या नभई हत्या भएको बताउदै आएका छन् ।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…


