सिन्धुलीमा एकै परिवारका छजनामा कोरोना संक्रमण
सिन्धुली, आइतबार सिन्धुलीमा एकैदिन ९ जनामा कोरोना भाइरस कोभिड १९को संक्रमण पुष्टि भएको छ । कमलामाई नगरपालिका ६ का एकै परिवारका ६ जना सहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ।
संक्रमित व्यक्तिको कन्ट्रयाक ट्रेसिङमा परेका व्यक्तिहरुको स्वाब परीक्षणका क्रममा एकै परिवारका ६ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहको भनाइ छ । अन्य तीनजना भने सिन्धुली सदरमुकाममा रहेको क्वारेन्टाइनमा बसेका हुन्, ुशाहले भने । संक्रमितहरु २० देखि ६० वर्ष उमेरका छन् । उनीहरुमध्ये २ जना महिला र ७ पुरुष छन् ।
उनीहरुलाई सिन्धुली अस्पताल ल्याउने तयारी भइरहेको छ । संक्रमितसहित २८ जनाको स्वाव संकलन गरी परीक्षणका लागि असोज ६ गते हेटौडामा पठाइएको थियो । यो सँगै सिन्धुलीमा संक्रमितको संख्या ७७ पुगेको छ । ती मध्ये ६१ जना उपचारपछि निकोभइ घर फर्किसकेका छन् भने अन्यको उपचार सिन्धुली अस्पताल र एपोलो अस्पतालमा भइरहेको छ । जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा सक्रिय संक्रमितको संख्या १७ रहेको छ ।
जिल्लामा दैनिकजसो कोरोना संक्रमितको संख्या बढ्दैगए पनि लकडाउन खुलेपछि बजार, यातायातका साधन, होटलहरु निर्वाध संचालनमा आएका खबर आजको अन्नपुर्ण पोस्टले जनाएको छ ।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…


