शिव कुमार सर्राफको नेतृत्वमा सर्वसहमतिले नेपाल सुनचांदी व्यवसायी महासंघ प्रदेश नं. २ को कमिटी गठन
वीरगंज १२ असोज ।
रंजित चौरसिया,
नेपाल सुनचांदी व्यवसायी महासंघ प्रदेश नं. २ को अधिवेशन सोमबार सम्पन्न भएको छ । वीरगंजस्थित हरिओम पार्टी प्यालेसमा सम्पन्न अधिवेशनले शिव कुमार सर्राफको सभापतित्वमा १० सदस्यिय कार्य समिति चयन गरेको छ ।
जुन समितिको उपसभापतिमा प्रवेश कुमार सर्राफ, बसन्त कुमार साह, सचिवमा बिनोद कुमार भण्डारी, सह सचिवमा अमित गुप्ता, कोषाध्यक्षमा कमलेश साह, सह कोषाध्यक्षमा भागवान साह, सदस्यहरुमा धनिलाल साह सोनार, दिपक ठाकुर र भोला कुमार साह निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत अधिवक्ता विनय सिंहले वताए ।
महासंघको केन्द्रिय निर्णय अनुसार प्रदेश अन्तर्गतको ८ वटै जिल्लाको प्रतिनिधिहरुको उपस्थितीमा अधिवेशन सम्पन्न भएको जनाइएको छ ।
सो निर्वाचनमा व्यवसायी संघ पर्साका अध्यक्ष निरज कुमार सर्राफ, बाराका प्रतिनिधि शिव कुमार सर्राफ, सर्लाहीका प्रतिनिधि कमलेश साह, सप्तरी प्रतिनिधि राजेशे कुमार साह, धुनषा प्रतिनिधि अमित गुप्ता, लहान नगर प्रतिनिधि श्याम कुमार साह, पर्साका जलेश्वर सर्राफ लगायत ३८ जना मतदाताहरुको सहभागीता रहेको थियो । निर्वाचित पदाधिकारीलाई आजै प्रमाण पत्रसमेत वितरण गरिएको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


