सुदूरपश्चिम प्रदेशका तीनवटा विमानस्थलको आज एकैदिन उद्घाटन हुँदै
डाेटी – सुदूरपश्चिम प्रदेशका तीनवटा विमानस्थलको आज एकैदिन उद्घाटन हुने भएको छ । डोटीको दिपायल, बझाङको चैनपुर र बैतडीको पाटन विमानस्थलमा जहाज उडाएर उद्घाटन गर्न लागिएको हो ।
यात्रु अभावका कारण लामो समयदेखि बन्द अवस्थामा रहेका तीन जिल्लाका तीनवटा विमानस्थलमा आज उडान हुने सांसद प्रेमबहादुर आलेमगरले जानकारी दिनुभयो । कालोपत्रेको काम सम्पन्न गरी उडानको तयारीमा रहेका विमानस्थलको पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले उद्घाटन गर्ने कार्यक्रम छ ।
बैतडीको पाटनको उद्घाटनपछि बझाङको चैनपुर र दिउँसो डोटीको दिपायल विमानस्थल उद्घाटन हुने डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रशाद भट्टराईले जानकारी दिनुभयो । तीन वटा विमानस्थल उद्घाटनसँगै सुदूरपश्चिमको उडान सहजता र पर्यटन विकास हुने स्थानीयबासीले आशा राखेका छन् ।
कैलालीको धनगढी विमानस्थलबाट साना जहाजले पहाडी जिल्लामा नियमित उडान गर्ने गरी तयारी भइरहेको नागरिक उड्यन प्राधिकरणले जनाएको छ ।
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
भदौ १५, २०८३
विजयनगर, १५ भदौ । कपिलवस्तुकाे विजयनगर गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी र वडा नम्बर ५ का अध्यक्ष अनवर मोहम्मद मुसलमानले…


