एटीएम कार्डको पिन सुरक्षित गर्न बैंक अफ काठमाण्डू लिमिटेडले ल्यायो ग्रीन पिन सुविधा
काठमाण्डाै – बैंक अफ काठमाण्डू लिमिटेडले ग्रीन पिन सेवा सुरु गरेको छ । आफ्नो कार्ड बाहक ग्राहकहरुलाई सहज रुपमा बैंकको कुनै पनि एटिएमबाट आफ्नो कार्डको पिन सुरक्षित तरिकाले सेट तथा रिसेट गर्नका लागि ग्रीन पिन सुविधा ल्याएको हो ।
यसबाट बैंकको नयाँ ग्राहकहरुले आफ्नो कार्डको पिन कोड सेट गर्न तथा पुराना कार्डबाहक ग्राहकहरुले आफ्नो कार्डको पिन रिसेट गर्न सक्ने काठमाण्डू लिमिटेडले जनाएको छ ।
नयाँ कार्डबाहक ग्राहकहरुले कार्ड बैंकबाट संकलन गरेपछि एटीएममा गई सहज रुपमा कार्ड एटीएममा राखेर “inter your otp” मेनु छानी आफैले पिन सेट तथा रिसेट गर्न सक्नेछन् । त्यसपछि कार्ड बाहक ग्राहकले बैंकमा दर्ता गरेको मोबाइल नम्बरमा ६ अंक ओटीपी प्राप्त गर्नेछन् । उक्त मोबाईल नम्बरमा प्राप्त ६ अंकको ओटीपी प्रयोग गरेर आफ्नो कार्डको पिन सजिलै परिवर्तन गर्न सकिने बैंकले जनाएको छ ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


