‘परिवार एक ढिक्का देखाउन श्रीमानकाे थर अपनाउँछन् विकसित देशका महिला’
हालै भएको एउटा अध्ययनअनुसार अमेरिकामा ७० प्रतिशत र बेलायतमा झण्डै ९० प्रतिशत महिलाले विवाहपछि श्रीमानकाे थर अँगाल्ने गरेको पाइएको बीबीसीले जनाएको छ ।
यस्तै बेलायतमा ११ प्रतिशत महिलाले आफ्नो र श्रीमान दुवैको थर मिसाएर प्रयोग गरेको पाइएको खबरमा उल्लेख छ । केही दम्पतीले दुवैको थर मिसाएर प्रयोग गर्ने गरेको पाइए पनि त्यो ज्यादै कम सङ्ख्या रहेको बीबीसीले जनाएको छ ।
महिलाले विवाहपछि पुरुषको थर राख्नुमा पितृसत्तात्मक शक्तिको जड र असल परिवारको आदर्शका रुपमा लिइएको पाइएको छ । कतिपयले बाबु र आमाको अलग-अलग थर हुँदा छोराछोरीमा मानसिक असर पर्ने खतरा रहेको भन्दै श्रीमान-श्रीमती र बच्चाहरुलाई एक ढिक्का बनाउन श्रीमानकाे थर अँगालेको बताएका अध्ययनकर्ता डङ्कनलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
अध्ययनमा सहभागी केही महिलाहरुले भने जीवनसाथीको नाम अपनाउनु सम्बन्धप्रति आफ्नो प्रतिवद्धता र बाहिरी दुनियाँलाई आफूहरुबीच एकता रहेको देखाउने तरिका रहेको पनि बताएका खबरमा उल्लेख छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


