यस वर्षकाे साहित्यतर्फकाे नाेबेल पुरस्कार अमेरिकी कवयित्री लुइस ग्लुकलाई
काठमाण्डाै – यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवयित्री लुइस ग्लुकलाई दिइने घोषणा भएको छ ।
द स्विडिस एकेडेमीले कवयित्री लुइस ग्लुकलाई साहित्यतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको हो । उहाँलाई सादा सौन्दर्यले व्यक्तिगत अस्तित्वलाई विश्वव्यापी बनाउँछ भन्ने अकाट्य काव्यिक आवाजको लागि यो पुरस्कार दिन लागिएको हो ।
सन् १९४३ मा अमेरिकाको न्युयोर्कमा जन्मिनुभएकी लुइस ग्लुकले यस पुलित्जर पुरस्कार र नेशनल ह्युम्यानिटिज अवार्ड लगायत प्रतिष्ठित पुरस्कार जितिसक्नुभएको छ । लुइसका कवितामा संवेदनशीलता र एक्लोपन, पारिवारिक सम्बन्ध र विच्छेद तथा मृत्युमाथि गहिरो अभिव्यक्ति पाइने गरेको छ ।
कवयित्री लुइसले सन् १९६८ मा ‘फर्स्टबोर्न’ बाट आफ्नो यात्रा सुरु गर्नुभयाे र छोटो समयमा नै अमेरिकी समकालीन साहित्यमा प्रमुख कविहरुमा सामेल हुनु भयाे । उहाँका १२ कविताहरुको सङ्ग्रह र केही निबन्ध प्रकाशित भएका छन् ।
लुइस ग्लकको सबैभन्दा प्रशंसा गरिएको सङ्ग्रहमध्ये एक ‘द वाइल्ड आइरिस’ हो, जुन सन् १९९२ मा प्रकाशित भएको थियो ।
सन् २०१९ मा साहित्यतर्फको नोबेल पुरस्कार अस्ट्रियायी मुल लेखक पिटर ह्यान्ड्केलाई दिइएको थियो । उहाँलाई यो पुरस्कार उनको सानदार लेखन र भाषामा नवीनतम प्रयोगको लागि दिइएको थियो ।
यस वर्षको चिकित्साशास्त्र, भौतिकशास्त्र र रसायनशास्त्र नोबेल पुरस्कार विजेताको घोषणा भइसकेको छ । अब शान्तिशास्त्र र अर्थशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा हुन बाँकी छ ।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…


