‘यसपालि पुरानै कपडा लगाएर दशैँ मनाऔँ’
काठमाण्डौ – सरकारले यस वर्ष पुरानै कपडा लगाएर दशैँ मनाउन सबैलाई अनुरोध गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दशैँमा नयाँ कपडा किन्ने चलन रहेको र कपडा किन्न जाँदा कोरोना भाइरस सङ्क्रमणको डर धेरै हुने भएकोले भन्दै यो वर्ष आफूसँग भएकै पुराना कपडा लगाएर दशैँ मनाउन आग्रह गर्नुभयो ।
अहिले मानिसहरु कोरोना भाइरसको सङ्क्रणलाई बेवास्ता गर्दै किनमेलमा निस्किएको देखिएको भन्दै प्रवक्ता गौतमले सकभर कपडा किन्दै नकिन्न आग्रह गर्नुभयो । यस्तै खानेकुरा किन्दा पनि सचेतता अपनाउन आग्रह गर्नुभयो । उहाँले यो वर्ष दशैँमा टीका तथा आशीर्वाद थाप्नको लागि यात्रा नगर्न आग्रह गर्दै अहिले जो जहाँ छ, त्यही परिवार बसेर खानेकुरा पकाएर रमाइलोसँग खान आग्रह गर्नुभयो ।
टीका थाप्ने वा लगाइ दिनेबाट एक अर्कामा भाइरस सर्ने जोखिम रहने भन्दै उहाँले यो वर्ष फोन तथा अनलाइनबाट मात्र आशीर्वाद लिन आग्रह गर्नुभयो । दशैँ केन्द्रित किनमेलबाट सङ्क्रमण धेरै फैलने डर रहेको भन्दै उहाँले नजिकका पसलबाट भिड नभएको बेला सुरक्षा सतर्कता अपनाएर खानेकुरा किन्न र यसबाहेक कपडालगायतका सामग्री यो दशैँमा नकिन्न आग्रह गर्नुभयो ।
केही दिनयता काठमाण्डाै उपत्यकासहित देशैभर काेराेना भाइरसकाे जाेखिम बढिरहेकाे छ । सक्रिय सङ्क्रमितकाे सङ्ख्या २७ हजार नाघेकाे छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


