एक लाख ५८ हजार नगदसहित चार जना जुवाडे पक्राउ
नवलपरासी – एक लाख ५८ हजार नगदसहित जुवातास खेल्दै गरेका चार जना नवलपरासीमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरले मध्यबिन्दु नगरपालिका-२, कोल्हुवाको एक होटलबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा हेमकान्त चौधरी, बबरजंग चौधरी, विवेक थनेत र अरुण भण्डारी रहेका जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताउनुभयो ।
उनीहरुको साथबाट एक लाख ५८ हजार नगद बरामद गरिएको प्रहरी नायब उपरीक्षक खाँणले जानकारी दिनुभयो ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


