शेयर बजार : नेप्से ९ दशमलव ४२ अङ्कले घट्याे, १ अर्ब ८१ करोडको कारोबार
काठमाण्डौ – शेयर बजारकाे काराेबार मापक नेप्से परिसूचक मङ्गलबार झण्डै साढे नाै अङ्कले घटेको छ । साेमबार सामान्य बढेको परिसूचक मङ्गलबार ९ दशमलव ४२ अङ्कले घटेर १५ सय ६८ दशमलव ५९ अङ्कमा पुगेकाे नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
मङ्गलबार व्यापार, उत्पादन र म्युचल फण्ड बाहेकका समूहको उपसूचक घटेकाे छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक ४८७ दशमलव ४१ अङ्कले घटेको छ भने उत्पादनमूलक समूहको उपसूचक १० दशमलव ८४ अङ्कले सुधार भएको छ ।
मङ्गलबार एक अर्ब ८१ करोड ९६ लाख रुपैयाँ बराबरका ६७ लाख ८२ हजार कित्ता शेयर किनबेच भएका छन् । अरुण काबेली पावर लिमिटेडको मङ्गलबार सबैभन्दा धेरै ११ करोड २६ लाख रुपैयाँ बराबरका शेयर कारोबार भएको छ ।
परिसूचक घटे पनि ज्योति विकास बैंक लिमिटेडका शेयर लगानीकर्ताले ४ दशमलव ८३ प्रतिशत कमाएका छन् । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडका शेयर लगानीकर्ताले भने ८ दशमलव ७२ प्रतिशत गुमाएका छन् ।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…


