तराईका जिल्लामा सचेतना फैलाउँदै सशस्त्र प्रहरी
चन्द्रौटा,
सशस्त्र प्रहरी बल नेपालले तराईका ६ जिल्लामा कोरोना सचेतनामुलक कार्यक्रम संचालन गरेको छ । सशस्त्र प्रहरी बल नेपाल न. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीले पहिलो चरणमा प्रदेश भित्रका तराईका जिल्लामा कोरोना नियन्त्रण सम्बन्धि चेतनामुलक तथा मास्क बितरण गरिएको छ ।

अभियानमा नागरिकहरुलाई हात धुन सिकाउने,मास्कको प्रयोग बारे जानकारी दिने र स्थायिनहरुलाई मास्क बितरण गरिएको छ । कोभिड १९ कोराना भाइरसको नियन्त्रणमा नागरिकहरु सचेत हुनुपर्ने सशस्त्र प्रहरी नायब महानिरिक्षक किशोर प्रधानले बताउनुभयो । सचेतनामुलक कार्यक्रमले केहि हद सम्म भएपनि नागरिकहरुमा चेतना फैलाउँने उद्देश्य रहेको उहाँले बताउनुभयो । स्थानिय स्तरमा नागरिकहरुले लापरवार्ही गरेका कारण कोरोनाको जोखिम बढिरहेकोले जब सम्म सचेत भइदैन तबसम्म जोखिक कम नहुने प्रधानले औल्याउनुभयो । पहिलो चरणको प्रदेशका ६ जिल्लामा अभियान सुरु गरिएको र दोस्रो चरणमा पहाडका ६ जिल्लामा संचालन गरिने बताउनुभयो ।

कपिलवस्तुको चन्द्रौटामा बिहिवार भएको कार्यक्रममा उहाँले सशस्त्र प्रहरीले नागरिकको शान्ति सुरक्षा विशेष ध्यान दिएको बताउनुभयो । शिवराज नगरपालिका नगर उपप्रमुख शिवकुमारी थारुले नागरिकहरुलाई सचेत बनाउने यो अभियानमा स्थानि तहको पूर्ण साथ रहने बताउनुभयो । नगरले कोरोना विशेष अस्पताल तथा पिसिआरको परिक्षणको दायरा बढाएको बताउँदै नागरिकहरुले मास्क तथा साबुन पानीले हात धुनुपर्ने जोड दिनुभयो ।
सुरुमा समयमा कपिलवस्तुमा धेरै संक्रमित भटिएको भएपनि पछिल्लो समयमा भने कम रहेको उहाँले बताउनुभयो । चन्द्रौटामा भएको कार्यक्रममा सशस्त्र प्रहरी निरिक्षक डा.राज्य खड्काले हात धुने तरिका,मास्कको प्रयोग बारे जानकारी दिनुभएको थियो । हात धुने तरिका थाहा नहुदाँ नागरिकहरुमा संक्रमण फैलिन सक्ने जोखिम रहेको उहाँले बताउनुभयो । विश्व हात धुने दिवशको अवशरमा संचालन गरिएको अभियानले नागरिकहरुलाई सचेतना गराउने विश्वास लिइएको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


