विजयनगरको विशवा खोलामा पुल बन्ने
कपिलवस्तु ,कार्तिक ८
कपिलवस्तुको विजयनगर गाउँपालिकाकोे विशवा खोलामा पुलको बन्ने भएको छ । गाउँपालिकाको दुर्गम गाउँ जोड्ने खोला पुल बन्ने भए पछि स्थानिय खुसी भएका छन । गाउँपालिकाको वडा नं. १ मा पर्ने नेवलगञ्ज विशवा खोलामा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बुधवार पुलको शिलन्यास गर्नुभएको हो । गाउँपालिकाको सुदुर पश्चिममा भौगोलिक बनोटले अति विकट क्षेत्रमा पर्ने विशवा खोलामा पुल अति आवश्यक रहेको भए पनि लामो समय पश्चात पुल निर्माण हुने भएको छ ।
अध्यक्ष थापाले शिलन्यास गर्नु भएको पुल करिब पुल ३ करोड ८४ लाखको लागतमा बन्ने उहाँले बताउनु भयो । पुल बनाउने जिम्मा सेटिक एनबी.जेभी. निमार्ण व्यवसायी बुटवल रुपन्देहीले पाएको र आगामी बर्ष फागुन मसान्त सम्म निर्माण सम्पन्न गरिसक्ने गरी सम्झौता भएको अध्यक्ष थापाले बताउनु भयो ।
विशवा खोमा पुल बन्न लाग्दा वर्षौँदेखि झेल्दै आएका समस्याबाट मुक्त हुने स्थानीयहरुले बताएका छन् । वर्षायाममा पुल नभएको बेला कपिपयले ज्यानसमेत गुमाउनु परेको र अब उक्त समस्याले अकालमै कसैले पनि ज्यान गुमाउनु नपर्ने स्थानीय कृपाल चौधरीले बताउनुभयो ।
अध्यक्ष थापाल विकट गाउँ र गाउलेको समस्यालाई प्राथमिकतामा राखी पुल निर्माणको कार्य अगाडी बढाएकोमा स्थानियले अध्यक्ष थापालाई धन्यवाद दिएका छन ।
अध्यक्ष थापा कै अगुवाईमा पुल बन्ने भए पछि बर्षौ देखि ‘ आवतजावत गर्न, छोराछोरीलाई विद्यालय पठाउन निकै समस्या थियो, बाढी आउँदा घण्टौसम्म कुरेर बस्नुपर्ने बध्यता अब हट्नेभयो’ स्थानिय नारायण चौधरीले भन्नुभयो । जवाबैराठ, नेवलागञ्ज, गोबरहवा, नौडिहवा, तिलकहवा, मधनगरा लगायत दर्जनौ गाउँका मुख्य बाटो नै विशवा खोला भएकोले खोलामा पुल नहुदाँ यहाँका स्थानियलाई बर्षाको समयमा अवतजावतमा जोखिम माल्नु पर्ने समस्या टर्ने भएको छ ।
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
भदौ १४, २०८३
काठमाडौं : रसुवामा आएको भीषण बाढीका कारण प्रभावित भएकाहरूको उद्धारका लागि नेपाली उद्धार कार्यलाई तिब्रता दिएको छ। सेनाको हवाई टोलीले…


