गण्डकी प्रदेशमा थप एक जना कोरोना सङ्क्रमितको ज्यान गयो, ९८ जना सङ्क्रमित थपिए
स्याङ्जा – गण्डकी प्रदेशमा थप एक जना कोरोना सङ्क्रमितको ज्यान गएको छ ।
आईसीयूमा उपचार गराइरहेका बागलुङको गल्कोट नगरपालिका ३ का ७२ वर्षका पुरुषको ज्यान गएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । अस्पतालका अनुसार कोरोनाको सङ्क्रमण पुष्टि भएका ती पुरुषमा निमोनिया लगायतका समस्या थियो । योसँगै गण्डकी प्रदेशमा कोरोनाको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ७३ पुगेको छ ।
यस्तै गण्डकी प्रदेशमा थप ९८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आज आएको रिपोर्ट अनुसार कास्कीको पोखरा महानगरपालिकाका ६० जना, नवलपरासी बर्दघाट सुदूरपूर्वमा २२ जना, तनहुँमा ८,स्याङ्जामा ३ जना, लमजुङ र गोरखामा २/२ तथा पर्वतमा एक जना सङ्क्रमित थपिएका गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय जनाएको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


