राजनीतिक सम्बन्धलाई गुप्तचरी संस्था मार्फत व्यवस्थापन गर्न खोज्नु कुटनीतिक असफलता:उपाध्याय
भारतका लागि पूर्व नेपाली राजदुत दिप कुमार उपाध्यायले राजनीतिक तहको सम्बन्धलाई गुप्तचरी संस्था मार्फत व्यवस्थापन गर्न खोज्नुले नेपाल कुटनीतिक रुपमा असफल भएको बताएका छन् ।
नेपाल प्रेस युनियन कपिलवस्तु शाखाले तौलिहवामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उपाध्यायले यस्तो बताएका हुन्। उनले बिगतमा नेपालको राजनीतिलाई सुक्ष्म व्यवस्थापन गर्दै आएको भारतको गुप्तचर विभाग ‘रअ’का प्रमुख सामन्तकुमार गोयलले नेपालको अन्तर्राष्ट्रिय हैसियत र कुटनीति माथि नै प्रश्न उठ्ने गरि राजनीतिक तहको भेटघाट गर्नु गम्भीर बिषय भएको उनले बताए । नेपालका प्रधानमन्त्री गुप्तचर संस्था रअसँग डराउनु रहस्यमय र गम्भीर बिषय भएको भन्दै त्यसको कारण खोजिनु पर्ने बताए ।
‘रअ’ प्रमुख र प्रधानमन्त्रीबीच भएको संवाद गम्भीर बिषय भएकाले प्रधानमन्त्रीले संवाद बारे परराष्ट्र मन्त्रालय मार्फत आम जनतालाई जानकारी गराउनुपर्ने उनकाे भनाइ थियाे।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


