धानखेतमा स्मार्ट लाइसेन्स फाल्नेमाथि कडा कारबाही गर्छौं : मन्त्री सोनल


जनकपुरधाम,

यातायात व्यवस्था विभागले जनकपुर यातायात व्यवस्थ कार्यालयलाई वितरणको लागि पठाएको चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) धान खेतमा भेटिएको घटना छानविन हुने भएको छ । छानविनका लागि भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश—२ ले छानविन टोली गठन गर्न लागेको हो ।

‘धान खेतमा लाइसेन्स भेटिनु चिन्ताको विषय हो । यो घटनालाई हामी गम्भीर रुपमा लिएका छौं । यस बिषयमा छानविन गर्न टोलि गठन गर्छौं,’ भौतिक पूर्वधार विकास मन्त्री जितेन्द्र सोनलले टुडेपाटीसंग भने,‘ यस कार्यमा जो सुकै सहभागि भएको पाइए पनि कडा कारबाही गर्छौं ।’

कार्यालयमा हुने अनियमिततामाथि मन्त्रालयले नजर राखेको र कर्मचारीको गैर जिम्मेवारीले कार्यालयमा भद्रगोलताको अवस्थमा पुगेको भन्दै उनले अव चुस्तदुरुस्त बनाउने बताए ।

गएको बुधबार यातायात व्यवस्था कार्यालय जनकपुरको पछाडिमा रहेको धानखेतमा करिब पाँचसय लाइसेन्स फेला परेको थियो । धान काट्न गएकी महिलाहरुले उक्त लाइसेन्स देखेपछि संकलन गरी यातायात व्यवस्था कार्यालयका कर्मचारीलाई जिम्मा लगाएका थिए ।

खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३

कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…

TOP