सप्तरीमा लागुऔषध बिक्री गर्ने औषधि व्यवसायी पक्राउ
सप्तरी – सप्तरीको बोदे बरसाइन नगरपालिका-१० खडकपुरबाट प्रहरीले लागुऔषधसहित एक जना औषधि व्यवसायीलाई पक्राउ गरेको छ ।
भारतबाट लुकिछिपी नेपालतर्फ ल्याइएको लागुऔषधसहित प्रहरीको टोलीले स्थानीय ३७ वर्षीय रंजितकुमार यादवलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरी , इलाका प्रहरी कार्यालय बोदे बरसाइन र प्रहरी चौकी देउरीबाट खटिएको प्रहरीले टोलीले यादवले नै सञ्चालन गरेको कुखुरा फार्मबाट ठूलो परिमाणको लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका यादवले त्यही ठाउँमा औषधि पसल सञ्चालन गर्दै आएका छन् ।
जिल्लाको खडकपुर चौकमा रहेकाे फार्ममा लुकाएर राखेको अवस्थामा १४४ थान स्पासमो प्रोयभोल ट्याब्लेट, ७० थान नाइट्रोभेट ट्याब्लेट, ३५ थान डाइलेक्स डीसी बोतल, ७ थान डाइजेलप इन्जेक्शन र २ थान नफिङ्ग इन्जेक्शन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एव प्रवक्ता भुवनेश्वर साहले जानकारी दिनुभयो ।
लागुऔषधसहित पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


