आक्राेशित सुनाकाेठीका स्थानीय भन्छन्, ‘समस्या नबुझ्ने जनप्रतिनिधिलाई धुलाे दल्न पछि पर्दैनाैँ’
ललितपुर – ललितपुर महानगरपालिका २७ काे सुनाकोठी क्षेत्रमा लामो समयसम्म पनि सडक कालोपत्रे नभएको भन्दै स्थानीयले प्रदर्शन गरेका छन् ।
त्यहाँका स्थानीयले सडक कालोपत्रे गर्नुपर्ने माग राख्दै बाटो बन्द गरेर नै गएकाे तीन दिनदेखि आन्दोलन गरिरहेका छन् । ठेकेदारले सडक कालोपत्रे गर्नका लागि अग्रिम भुक्तानी लिएर पनि काम नगरेको स्थानीयको आरोप छ । त्यहाँका स्थानीय एवं वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले एउटा सडक कालोपत्रे गर्नका लागि हड्ताल गर्नुपर्ने अवस्था आउनु दुःखद भएको बताउनुभयो ।
सडक कालोपत्रे हुने आशामा रहेका नागरिकहरु धुलो खाएर बिरामी हुने अवस्थासम्म पुग्दा पनि काम नभएको उल्लेख गर्दै उहाँले देश कहाँ छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, ‘लोकतन्त्रका लागि ज्यान हत्केलामा राखेर लड्यौँ । तर हामीले चाहेको लोकतन्त्र यहाँ थिएन । हामीले चाहेको एउटा र अहिलेको लोकतन्त्र फरक छ । सरकार नै कसको हातमा छ भन्ने थाहा छैन ।’
स्थानीयहरुले पनि सडक कालोपत्रे नभएको भन्दै आक्रोश व्यक्त गरेका छन् । विकास निर्माणको काम अवरोध गर्नेलाई राजनीतिक संरक्षण गर्दा समस्या उत्पन्न भएको स्थानीयको भनाइ छ । अबिर लगाएर प्रतिनिधि बनाएकाहरुलाई नागरिकका समस्या नबुझे धुलो लगाउन पनि पछि नपर्ने स्थानीयहरुको भनाइ छ ।
अहिले आठ मिटर चौडा रहेको सडक २२ मिटर चौडा गर्न पनि ठेकेदार कम्पनी र सडक विभागबीच सम्झौता भइसकेको छ । सडक मर्मत गरी कालोपत्रे गर्न स्थानीयले पटक–पटक अनुरोध गर्दै पटक–पटक विरोध प्रदर्शन गर्दा पनि काम हुन सकेको छैन ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


