स्याङ्जामा एकैदिन एक सय एघार जना फरार प्रतिवादी पक्राउ
स्याङ्जा – स्याङ्जामा एकैदिन एक सय ११ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
एक वडा, दुई इलाका, १८ प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयसहित सात वटा युनिटमार्फत् हिजो एकैदिन एक सय ११ जना फरार प्रतिवादी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
कर्तव्य ज्यान, हातहतियार तथा खरखजना, जबरजस्ती करणी, अपराध, बहुविवाहलगायत विभिन्न कार्यमा संलग्न भएर फरार रहेका प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।
उनीहरुलाई जिल्ला अदालतमा बुझाएको पनि उपरीक्षक बोगटीले जानकारी दिनुभयो । पक्राउ परेकामध्ये ९७ जना पुरुष र १४ जना महिला रहेका छन् । उनीहरु फेदीखोला, पुतलीबजार, वालिङ नगरपालिका र आँधीखोला गाउँपालिका, बिरुवा गाउँपालिका, गल्याङ नगरपालिका, चापाकोट नगरपालिका, हरिनास गाउँपालिका, कालीगण्डकी र अर्जुनचौपारी गाउँपालिका आसपासका क्षेत्रबाट पक्राउ परेका हुन् ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


