राजधानीका चोक-चोकमा डमीले गाउनेछ ट्राफिक गीत
काठमाडौं । ट्राफिक सचेतना अभिवृद्धिका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले सांगीतिक डमी अभियान सुरु गरेको छ । गीतबाट सडक प्रयोगकर्तालाई ट्राफिक नियम सिकाउन शनिबारदेखि यो अभियान सञ्चालन गरिएको महाशाखाका डीआईजी विश्वराज पोखरेलले जानकारी दिए ।
पोखरेलका अनुसार प्रख्यात व्यक्ति तथा राष्ट्रिय कलाकारहरूको स्वरमा सन्देश सहितका अडियो क्लिप तयार पारिएको छ । दैनिक ६ घण्टा बानेश्वर, कोटेश्वर, रत्नपार्क, कंलकी र नयाँ बसपार्कमा डमीले अडियो सन्देश प्रवाह गर्नेछ ।
महाशाखामा आयोजित अभियान उद्घाटन कार्यक्रममा कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवशं आचार्य, दीपाश्री निरौला र जितु नेपालले प्रस्तुति दिएका थिए । गत १६ भदौखि महाशाखाले काठमााडौं महानगरपालिकाको सहयोगमा उपत्यकाका ४५ स्थानमा डमी ट्राफिक राखेको छ ।
डमी ट्राफिक सफल भएपछि सांगीतिक अभियान सञ्चालन गरिएको महाशाखाले जनाएको छ ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


