रोल्पाका कोरोना संक्रमित पुरूषको बाँकेमा मृत्यु
काठमाडौं । रोल्पाका कोरोना संक्रमित एक पुरूषको उपचारको क्रममा बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार रोल्पाको लिवाङ नगरपालिका–४ का ५६ वर्षीय पुरूषको शनिबार मध्यराति १२ः१० बजे मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या देखापरेपछि रेउघा अस्पतालमा स्वस्थ्य परीक्षण गरिएकेमा थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर ल्याइएको थियो । कोरोना संक्रमणको आशँकामा कात्तिक १४ गते गरिएको परीक्षणमा त्यसेका भोलिपल्ट रिपोर्ट आउँदा संक्रमण पुष्टि भएको थियो ।
संक्रमण पुष्टि भएको भोलिपल्ट कात्तिक १६ गते उनलाई भेरी अस्पतालको कोभिड कक्षमा भर्ना गरिएको थियो । भेरी अस्पतालमा अक्सिजन सपोर्ट दिएर उनलाई उपचार थालिए पनि शनिबार मध्यराति १२ः१० मा उनको मृत्यु भएको श्रेष्ठले बताए । पारिवारीक स्रोतका अनुसार उनी विगत एक महिनादेखि जन्डिस रोगबाट समेत ग्रसित थिए ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


