कलंकीमा रोकिराखेको ट्रकमा अर्को ट्रक ठोक्किँदा तीन जनाको ज्यान गयो
काठमाण्डौ – काठमाण्डौको कलंकीमा बिहान भएको दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।
मकालु पेट्रोल पम्प छेउमा पार्किङ गरेर राखेको बा ३ ख ७५ ३० नम्बरको ट्रकलाई कुखुराको चल्ला लिएर आएको बा ५ ख ८८६५ नम्बरको ट्रकले ठक्कर दिँदा ठक्कर दिने ट्रकमा रहेका ३ जनाको ज्यान गएको महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख डीएसपी अपिलराज बोहोराले जाकारी दिनुभयो ।
दुर्घटनामा नुवाकोट सुन्दरदेवी गाउँपालिकाका २४ वर्षका रोशन तामाङ, नुवाकोट तारकेश्वरका ३७ वर्षका माधव घिमिरे र नुवाकोट तारकेश्वरकै भुवेन्द्र तामाङको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते नुवाकोट तारकेश्वर घर भएका २२ वर्षका विजय तामाङको उपचार भइरहेको छ ।
ट्रक तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । दुईवटै ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


