विश्वभर ६ लाख कोरोना संक्रमित थपिए, यूरोपमा महामारी भयावह
काठमाडौं, विश्वभर एकै दिन ६ लाख भन्दा बढी कोरोना भाइरसको संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनले बितेको २४ घन्टामा ६ लाख २८ हजार नयाँ संक्रमित थपिएको शुक्रबारको बुलेटिनबाट जानकारी दिएको हो । यो अहिलेसम्म एकै दिन बढी संक्रमित थपिएको किर्तिमान हो ।
पछिल्लो समयमा विश्वभर कोरोना भाइरसको संक्रमितको संख्या ५ करोड ३७ लाख नाघेको छ । जसमध्ये १३ लाख ९ हजार एक सय ४७ को निधन भइसकेको छ । संक्रमितमध्ये ३ लाख ७५ हजार नीको भएका छन् ।
अमेरिकामा एक करोड १० लाख संक्रमित संख्या पुगेको छ । भारतमा ८७ लाख, ब्राजिलमा ५८ लाख संक्रमित संख्या नाघेको छ ।
युरोपेली मुलुकहरुमा संक्रमित संख्या धमाधम बढ्न थालेको छ । फ्रान्समा १९ लाख, रुसमा १८ लाख, स्पेनमा १४ लाख, बेलायतमा १३ लाख संक्रमित संख्या नाघेको छ ।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…


