स्मार्ट लाइसेन्सका लागि १४ लाख कार्ड खरिद गरिने : दुई वर्षअघि खरिद गरेका १० लाखमध्ये ६० हजार मात्रै बाँकी
काठमाण्डाै – यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्सका लागि १४ लाख कार्ड खरिद गर्ने भएको छ ।
स्मार्ट लाइसेन्स छपाइका लागि १४ लाख कार्ड खरिद गर्न भएको ठेक्का आह्वानमा प्राप्त आवेदनको मूल्याङ्कन भइरहेको विभागका निर्देशक रामचन्द्र पौडेलले बताउनुभयो । उहाँकाअनुसार विभागले दुई वर्ष पहिले झण्डै १० लाख कार्ड खरिद गरेको थियो । त्यसपछि अहिले खरिद प्रक्रिया अघि बढाएको हो । अहिले विभागसँग झण्डै ६० हजार कार्ड मात्रै बाँकी छ ।
ठेक्का सम्झौता भएपछि तीन महिना भित्रमा कार्ड ल्याउने उहाँले बताउनुभयो । अहिले खरिद भएको कार्ड डेढ वर्षलाई पुग्ने अनुमान गरिएको छ । विभागले गएकाे चैतदेखि असोज मसान्तसम्ममा झण्डै १० लाख चालक अनुमतिपत्र छपाइ गरेको थियो । अब सेवाग्राहीले कार्ड पाउन सहज हुने अपेक्षा गरिएको छ ।
सरकारले गएकाे चैतमा लकडाउन गरेपछि यातायात कार्यालयले नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा लिएको छैन ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


