मेरो उपचार खर्च आफै बेहोर्छु, सरकारले नागरिकप्रतिको कर्तव्य पूरा गरोस् : डा. केसी
काठमाण्डौ – कोरोना सङ्क्रमित हुनुभएका डाक्टर गोविन्द केसीले आफ्नो उपचार खर्च आफै बेहोर्ने बताउनुभएको छ । डाक्टर केसीमा कोरोना सङ्क्रमण देखिएपछि शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँको स्वास्थ्य लाभको कामना गर्दै उहाँको उपचार खर्च सरकारले बेहोर्ने बताउनुभएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको स्वास्थ लाभको शुभकामना सन्देशको लागि हार्दिक धन्यवाद दिन डाक्टर केसीले आफ्नो उपचार खर्च आफै बेहोर्ने र सरकारले बरु आफ्ना नागरिकप्रतिको कर्तव्य पूरा गरोस् भन्ने जवाफ दिनुभएको छ ।
कोरोना सङ्क्रमित विपन्न र दूरदराजका नागरिक, जसलाई निःशुल्क उपचार आवश्यक रहेको र उनीहरुले अहिलेसम्म उपचार पाउन नसकेको भन्दै डाक्टर केसीले सरकारको ध्यान व्यक्ति विशेषको उपचार खर्च बेहोर्नुभन्दा सबै विपन्न नागरिकको उपचार खर्च बेहोर्नेमा हुनुपर्दछ भन्नुभएको छ ।
‘हामीसँग पटक–पटक गरिएका सम्झौता कार्यान्वयन भएको भए देशका दूरदराजदेखि सबै भेगमा ठूला सरकारी अस्पताल, मेडिकल कलेज बन्ने थिए । साथै त्यहाँका नागरिकले कोरोना साथसाथै सम्पूर्ण रोगहरुको गुणस्तरीय, निःशुल्क, सर्वसुलभ स्वास्थ सेवा पाउने थिए’, केसीले भन्नुभएको छ । उहाँले १९ औँ सत्याग्रहमा भएका सम्झौता यथाशीघ्र कार्यान्वयन गर्न पनि स्मरण गराउनुभएको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


