हिमा गाउँपालिका १ का वडाध्यक्ष शाहीको निधन
जुम्ला – हिमा गाउँपालिका १ का वडाध्यक्ष वीरबहादुर शाहीको ७४ वर्षको उमेरमा निधन भएको छ । दुई हप्ताअघि कात्तिक १६ गते घरमै बेहोस भइ मष्तिक्स पक्षघातबाट बिरामी हुनुभएका शाहीको शनिबार राति निधन भएको परिवारले जनाएको छ ।
कात्तिक १६ गते बेहोस हुनुभएका शाहीलाई १७ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ल्याइ सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको थियो ।
चिकित्सकका अनुसार टाउकोको रक्तनलीे फुटेर लामो समय होसमा नआएपछि परिवारको सल्लाहमा कात्तिक २२ गते उहाँलाई घरमा ल्याइएको थियो । घरमा पनि होस नआएरै शनिबार राति १२ः४५ मा वडाध्यक्ष शाहीको निधन भएको उहाँका भाइ लंकबहादुर शाहीले जानकारी दिनुभएको छ ।
यस्तो छ वडाध्यक्ष शाहीको पृष्ठभूमि ?
पञ्चायतकालदेखि राजनीतिमा होमिनुभएका वडाध्यक्ष शाही विद्यार्थी आन्दोलन हुुँदै नेतृत्वमा स्थापित हुनुभएको थियो । त्यस बेला उपप्रधानसमेत लड्नु भएका शाही २०५८ सालमा माओवादी जनयुद्धमा लागेर युद्धकालीन राजनीति गर्नुभएको थियो ।
तत्कालीन माओवादीको गाजस प्रमुख, माओवादी केन्द्रको जिल्ला कमिटी सदस्य हुँदै २०७४ को पालिका चुनावमा माओवादी केन्द्रको तर्फबाट वडा नम्बर १ का अध्यक्ष निर्वाचित हुनुभएको थियो । उहाँ नेकपा कर्णाली प्रदेश ज्येष्ठ कम्युनिस्ट मञ्च प्रदेश सदस्यसमेत हुनुहुन्थ्यो ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


