राँगोले हान्दा डोटीमा एक जनाको ज्यान गयो
डोटी – डोटीको आदर्श गाउँपालिका १ मा राँगोले हान्दा एक जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रबहादुर मल्लका अनुसार राँगोले हान्दा ज्यान गुमाउनेमा ४० वर्षीय चक्र साउद रहेका छन् । शनिबार दिउसो राँगोले हान्दा गम्भीर घाइते भएका साउदको उपचारका क्रममा शनिबार राति दिपायलको पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा ज्यान गएको हो ।
मृतक साउदको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल डोटी पठाइएको प्रहरीले जनाएको छ । राँगोले हान्दा साउदको टाउको र छातीमा चोट लागेको थियो ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


