यूईएफए नेसन्स लिगमा बेल्जियमले इङ्ग्ल्याण्डलाई २–० ले हरायो
काठमाण्डाै – यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले इङ्ग्ल्याण्डलाई २–० ले हराएको छ । घरेलु मैदान हाभेर्लीमा आइतबार राति भएको खेलमा बेल्जियमलाई जिताउन युरी टेलिमान्स र ड्रिएस मेर्टेन्सले एक/एक गोल गरे । बेल्जियमले पहिलो हाफमै दुई गोल गरेको हो ।
जितसँगै लिग ‘ए’ को समूह २ मा रहेको बेल्जियमले चार खेलमा १२ अङ्क जोडेको छ । शीर्ष स्थानमा रहेको बेल्जियमले अर्को चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । बेल्जियमसँग हारेको इङ्ग्ल्याण्डकाे भने अर्को चरण पुग्ने सम्भावना सकिएको छ ।
इङ्ग्ल्याण्ड पाँच खेलमा सात अङ्क जोडेर तेस्रो स्थानमा छ । अब बेल्जियमले बिहीबार समूह चरणको अन्तिम खेलमा दोस्रो स्थानमा रहेको डेनमार्कसँग खेल्नेछ । त्यस्तै इङ्ग्ल्याण्डले आइसल्याण्डसँग खेल्नेछ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


