व्यवसायीको चुनाव : ६३ पदका लागि १२५ जनाको उम्मेदवारी

काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासंघको चुनाव नजिकिँदै गर्दा उम्मेदवारहरुले प्रचार अभियान तीव्र पारेका छन् ।

वरिष्ठ उपाध्यक्षदेखि कार्यकारिणी सदस्यसम्मका उम्मेदवारहरूले भोट माग्न सामाजिक सञ्जालको उपयोग गरेका छन् । महासंघको आउँदो ११ गतेदेखि १३ गतेसम्म ५४ औं वार्षिक साधारणसभा र नयाँ कार्यसमिति चयनका लागि चुनाव हुँदैछ । महासंघको विधानले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरेसँगै अध्यक्षबाहेकका पदमा चुनाव हुनेछ । 

वरिष्ठ उपाध्यक्षका चन्द्र ढकाल र किशोर प्रधानले प्यानलसहित उम्मेदवारी दिएका छन् ।  महासंघको ६३ पदका लागि १ सय २५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । महासंघको विधानअनुसार निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष एकजना, जिल्ला-नगर उपाध्यक्ष एकजना, वस्तुगत  उपाध्यक्ष एकजना, एसोसिएट उपाध्यक्ष एकजना, जिल्ला-नगर सदस्य १८ जना, प्रदेश सदस्य ७ जना, वस्तुगत सदस्य १४ जना, एसोसिएट सदस्य १९ जना र द्विराष्ट्रिय सदस्य एकजना गरी ६३ जना निर्वाचित हुनेछन् ।

खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३

कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…

TOP