इथियोपियामा विद्रोहीलाई आत्मसमर्पण गर्न तीन दिनको समयसीमा
काठमाण्डाै – इथियोपिया सरकारले विद्रोही समूहलाई तीन दिनभित्र आत्मसमर्पण गर्न समयसीमा दिएको छ ।
इथियोपियाले उत्तरी तिग्रे क्षेत्रमा रहेका तिग्रे पीपुल्स लिबरेसन फ्रन्ट (टीपीएलएफ) का विद्रोहीहरुलाई तीन दिनभित्र आत्मसमर्पण गर्न अल्टिमेटम दिएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री अबी अहमदले उत्तरी तिग्रेमा विद्रोहीको कब्जामा रहेका मेकेलेन सहरमा कारबाही गर्नुअघि नै आत्मसमर्पण गर्न अल्टिमेटम दिनुभएको हो ।
विद्रोहीले गैरकानुनी ढंगबाट त्यस क्षेत्रमा गतिविधि सञ्चालन गरेको भन्दै प्रधानमन्त्री अहमदले सेनाले कारबाही थाल्नुअघि नै आत्मसमर्पण गर्न चेतावनी दिनुभएको हो । प्रधानमन्त्रीको चेतावनीविरुद्ध टीपीएलएफले कुनै प्रतिक्रिया दिएको छैन । प्रधानमन्त्रीको घोषणालगत्तै सरकारी सेनाले विद्रोहीविरुद्धको कारबाहीका लागि तयार रहेको बताएको खबरमा उल्लेख छ ।
लामो समयदेखिको युद्धका कारण इथियोपियामा हजारौं नागरिकको ज्यान गएको छ । कयौँ घाइते भएका छन् । युद्धकै कारण कयौँ सर्वसाधारणहरु विस्थापित भएर छिमेकी देशका सहरहरुमा शरणार्थी भएका छन् ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


