व्यापार संघ कपिलवस्तुको दोस्रो अधिवेशनबाट पुनः पोखरेल निर्बिरोध “आर्थिक समृद्धिमा उद्योगी व्यवसायीको विकल्प छैन”पोखरेल
कपिलवस्तु,
व्यापार संघ कपिलवस्तुको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट पुनः महादेव पोखरेल दोस्रो कार्यकालका लागि निर्बिरोध निर्बाचित भएका छन् । चुनावी प्रक्रिया अनुसार संस्थाको गरिमामय अध्यक्ष पदमा एकल उम्मेदवारी परेका पोखरेल निर्बिरोध निर्वाचित भएका हुन् । संस्थाको विधानमा ९ पदाधिकारी र १२ सदस्यहरु अधिवेशनबाट चुनिने व्यवस्था छ । भने ४ जना सदस्य अध्यक्षले मनोनित गर्ने प्रावधान रहेको छ ।

चुनावी प्रक्रिया अनुसार संस्थाको वरिष्ठ उपाध्यक्ष पदमा एक जनाको लागि जगत प्रसाद पौडेल र अर्जुन प्रसाद सापकोटाको उम्मेदवारी परेकोमा अर्जुन प्रसाद सापकोटाले उम्मेदवारी फिर्ता लिएपछि जगत प्रसाद पौडेल निर्बिरोध निर्वाचित भए । यस्तै संस्थाको तीन उपाध्यक्षमा दिपक पौडेल, साहिद खाँ र प्रेमकला पौडेल निर्बिरोध चयन भएको निर्वाचन समितिका संयोजक शरद अधिकारीले जानकारी दिए । यता महासचिवमा गोपाल प्रसाद बञ्जाडे, कोषाध्यक्षमा नमराज न्यौपाने निर्बिरोध निर्वाचित भएका छन् ।
भने एक जना सचिव पदका लागि उम्मेदवारी दिएका बलराम मरासिनीले उम्मेदवारी फिर्ता लिएपछि होतराज पोख्रेल शिशिर’ निर्बिरोध सचिवको जिम्मेवारी पाएका छन् । सहकोषाध्यक्षमा नारायण आचार्य निर्बिरोध जित हात पारेका छन् । सदस्यहरुमा भने गोविन्द प्रसाद ढुंगाना, ज्ञानुप्रसाद पोखरेल, कमल प्रसाद पाण्डे, नरबहादुर कार्की, विष्णु बहादुर हमाल, ढुना पन्थी, देवराज ढुंगाना, रेश्मा पाण्डे, गोविन्द बहादुर खत्री र प्रकाश चौधरी निर्बिरोध निर्वाचित भएको निर्बाचन समितिले जनाएको छ ।
अधिवेशनबाट १२ जना सदस्यहरु चुनिने व्यवस्था भएपनि उम्मेदवारी परेका १० जना निर्बिरोध छनौट भएको २ जना कार्यसमितिको पहिलो बैठकले मनोनित गर्ने नव निर्वाचित अध्यक्ष महादेव पोखरेलले जानकारी दिए । नव निर्वाचित अध्यक्ष पोखरेलले आर्थिक समृद्धिका लागि उद्योगी व्यवसायीको विकल्प नरहेको बताएका छन् । उनले जिल्लाको समग्र विकासमा उद्योगी, व्यापारी, व्यवसायीहरुको महत्वपूर्ण भूमिका रहेको उद्घोष गरे । सोही प्रसंगमा पोखरेलले संस्थाका हरेक गतिविधिलाई चुस्त दुरुस्त र पारदर्शी बनाउँदै सबैसँग हातेमालो गरी अघि बढ्ने प्रतिबद्धता जाहेर गरे । संस्थामा आबद्ध सम्पूर्ण व्यापारी, व्यवसायीहरुको हकहितको सवालमा सधैं आवाज बुलन्द गर्ने समेत उनले विश्वास व्यक्त गरे ।
गोपाल प्रसाद बञ्जाडेले संचालन गरेको साधारण सभाको अवसरमा अध्यक्ष महादेव पोखरेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष दिपक पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही अवसरमा शिवराज नगरपालिका महिला, बालबालिका तथा सहकारी शाखा अधिकृत लक्ष्मी कँडेल, कोभिड १९ रेस्पोन्स अफिसर दयाराम शर्मा, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ संघका वरिष्ठ उपाध्यक्ष लेखनाथ घर्ती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थालाई परिकल्पनादेखि स्थापना गरी जग्गादान समेत दिएर स्थापित गर्नमा महत्वपूर्ण भूमिका खेलेका साधारण सदस्य टोपलाल पोखरेललाई साधारण सभाले मानार्थ सदस्यको रुपमा सम्मानित गर्ने निर्णय गरेको नव निर्वाचित महासचिव गोपाल प्रसाद बञ्जाडेले जानकारी दिए । मंसिर १४ गते आइतबारका दिन च्याम्बर अफ कमर्सको सभाहलमा भव्य कार्यक्रमको आयोजना गरी नव निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण र प्रमाण पत्र वितरण गरिने बताइएको छ । साथै सोही दिन संस्थालाई यहाँसम्म ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने महानुभावहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको अध्यक्ष महादेव पोखरेलले जनाएका छन् ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


