कृषकका गुनासा हट्न समय लाग्छ : मन्त्री भुसाल
चितवन, कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कृषक र उपभोक्ताबीचको दूरी हटेर जाने बताएका छन् । उनले कृषक र उपभोक्ताबीचको दूरी घटाउने गरी सरकारले काम गरिरहेको जानकारी दिए ।
उनले भने, “कृषकका गुनासा हट्न समय लाग्छ । कृषक र उपभोक्ताबीचको दूरी कम हुँदा ठूला समस्याको सामाधान हुन्छ ।” कृषि क्षेत्रमा आधुनिकीकरणको शुरुआत भइसकेको जनाउँदै उनले यस क्षेत्रको भविष्य राम्रो रहेको बताए ।
फरक प्रसङ्गमा कृषिमन्त्री भुषालले सरकारले भ्रष्टाचार र विसङ्गतिलाई नियन्त्रणका लागि काम गरिरहेको जानकारी दिए । उनले भने, “कसको रिपोर्ट के आउँछ भन्ने अर्को कुरा हो । मुलुकप्रति जिम्मेवार सरकारले भ्रष्टाचार र विसङ्गतिलाई नियन्त्रण गर्नुपर्छ ।” उनले पार्टीभित्रको विवादलाई विधिभित्र राखेर समाधान गर्ने जानकारी दिए । पार्टी दुवै अध्यक्षलाई विधिभित्र राखेर समस्या समाधान गर्ने प्रयासमा दोस्रो तहका नेतासँगै सिङ्गो पार्टी रहेको उनको भनाइ थियो । उनले भने, “पार्टी एउटा घर हो । तपाई हाम्रो घरभित्र समस्यारहित छैन । त्यस्तै हो यो । विवाद मिलाउँदै जानुपर्छ ।” ठूलो पार्टीभित्र विवाद हुनु स्वभाविक भएको उनको जिकिर थियो ।-रासस/File photo
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


