गुरुनानक जयन्ती : न्याय, समानता र भातृत्व कायम गर्न प्रेरणा मिल्ने राष्ट्रपतिको विश्वास

काठमाण्डाै – शिख धर्मका प्रवर्तक गुरुनानकको ५ सय ५१ औँ जन्मजयन्ती आज मनाइँदैछ ।

गुरुनानकको जन्म विक्रम संवत् १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रान्तमा भएको थियो । उहाँले रचना गर्नुभएको ‘गुरु ग्रन्थ साहिब’ शिखहरूको पवित्र धार्मिक ग्रन्थ मानिन्छ ।

शिख समुदायले हरेक वर्ष कार्तिकशुक्ल पूर्णिमाको दिन पवित्र स्थल गुरुद्वारामा विशेष पूजाअर्चना तथा विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरुनानकको जन्मजयन्ती मनाउने गर्छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शिख धर्मावलम्बीको विशेष पर्व गुरुनानक जयन्तीका अवसरमा शुभकामना दिँदै सामाजिक न्याय, समानता र भातृत्व कायम गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३

कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…

TOP