नेकपाको सचिवालय बैठकमा ओलीको प्रस्तावमाथि प्रचण्डले बुँदागत रूपमा जवाफ दिने
काठमाण्डाै – सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।
दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा नेकपाका अध्यक्ष एंव प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले अलग–अलग बटमलाइन अघि सार्ने तयारी गरेका छन् । विवाद समाधानका लागि अहिलेसम्म सहमति नभएको र औपचारिक तथा अनौपचारिक छलफल पनि नभएका कारण दुवै पक्षले आ–आफ्ना बटमलाइन प्रस्तुत गर्ने तयारी गरेका छन् ।
आजको बैठकमा अध्यक्ष ओलीले पेस गरेको जवाफी प्रस्तावमाथि अर्का अध्यक्ष प्रचण्डले बुँदागत रूपमा जवाफ दिने तयारी गरेको प्रचण्डको निजी सचिवालयले जनाएको छ । गएको १३ गतेको बैठकमा ओलीले प्रचण्डको प्रस्तावको जवाफ दिनु भएको थियो ।
आज त्यही प्रस्तावमाथि प्रचण्डले जवाफ दिन लाग्नु भएको हो । स्रोतका अनुसार प्रचण्डले ओलीको राजीनामा माग्ने सम्भावना पनि छ । नेकपा भित्र दुई अध्यक्षबीच आरोप प्रत्यारोप बढ्दै गर्दा आजको सचिवालय बैठकलाई महत्वका साथ हेरिएको छ । नेताहरुका अनुसार दुई अध्यक्षको प्रतिवेदनलाई थाती राखेर संयुक्त प्रस्तावको लागि सहमति जुटाउने प्रयास पनि हुनेछ ।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…


