बालयौन दूराचारको आरोपमा फ्रान्सेली नागरिक पक्राउ
काठमाडौं । बाल यौन दूराचारको आरोपमा प्रहरीले पोखराबाट एक फ्रान्सेली नागरिकलाई पक्राउ गरेको छ ।
सोमबार पोखरा महानगरपालिका-१७ बरौता पावर हाउस फुर्सेखोला बगर किनारबाट ६० वर्षका क्रिष्टियन सर्ज हेनरी नौगारेटलाई पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जानकारी दिएको छ ।
उनले १२ वर्ष, ८ वर्ष र ७ वर्षका गरी ३ नाबालकलाई बाल यौन दूराचार गरिरहेको अवस्थामा फेला पारेको प्रहरीको दावी छ । उनीविरुद्ध बालयौन दुरुपयोग तथा आप्राकृतिक मैथुन गरेको कसूरमा आवश्यक अनुसन्धान गरी कारवाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुझाएको सीआईबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले बताएका छन् ।
उद्धार गरिएका नाबालकलाई भने अभिभावकको जिम्मा लगाएको प्रहरीले बताएको छ । ती फ्रान्सेली नागरिक गैर पर्यटकीय भिसामा नेपाल आई पोखरा महानगरपालिका खहरेमा बस्दै आएका थिए ।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…


