उपत्यकामा साइकल लेनको योजना
काठमाडौं, काठमाडौं उपत्यकामा साइकल लेनको अभाव भइरहेका बेला काठमाडौं र ललितपुर दुई ठूला महानगरपालिकाले साइकल लेनको अवधारणा कार्यान्वयनको तयारी थालेका छन् ।
सहरी सौन्दर्यको प्रतीकका रूपमा साइकल लेन निर्माण गर्ने योजनामा दुई महानगरपालिका जुटेका हुन् । दुवै महानगरपालिकाले उपत्यकाभित्र निर्माण भइरहेका सडकमा साइकल लेन निर्माण गर्न समेत उपत्यकाका अन्य नगरपालिकालाई आग्रह गरेका छन् । काठमाडौं महानगरपालिकाले माइतीघरदेखि तीनकुनेसम्म साइकल लेन सञ्चालन गर्ने तयारी गरेको छ ।
हालको सडकमा रहेको साइकल लेनलाई भौतिक र संरचनागत सुधारसहित साइकल लेन व्यवस्थित गरिन लागिएको हो । विद्यमान सडकमा साइकल लेनको डिजाइन र निर्माण नै त्रुटिपूर्ण हुँदा साइकल यात्रीलाई अवरोध सिर्जना भएको छ ।
साइकल लेनको सञ्चालनसम्बन्धी गुरुयोजना बनाई माइतीघर–तीनकुने साढे दुई किलोमिटर सडकमा साइकल लेन सञ्चालनको सुरुवात गर्न लागिएको काठमाडौँ महानगरपालिकाले जनाएको आजको गोरखापत्र दैनिकमा खवर छ ।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…


