हुम्लाको सिमकोटमा रहेको विमानस्थलमा लागेको आगो निभाइयो : क्षतिको विवरण आउन बाँकी
हुम्ला – हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट विमानस्थलका कर्मचारी बस्ने घरमा लागेको आगो निभाइएको छ ।
सिमकोट विमानस्थलको कार्यालय प्रमुखलगायतका कर्मचारी बस्ने घरमा बिहान आगो लाग्दा तीन वटा कोठा जलेका छन् । आगो नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सदरमुकाम सिमकोटका स्थानीय बासिन्दाले ४ घण्टा लगाएर आगो निभाएका हुन् ।
कोठामा रहेका सामग्री पनि जलेको र क्षतिको विवरण संकलन गर्ने काम भैरहेको सिमकोट गाउँपालिकाका उपाध्यक्ष बलि रावतले उज्यालोलाई जानकारी दिनुभयो । आज बिहान ४ बजेतिर विमानस्थल प्रमुख बस्ने घरको पछाडि रहेको विद्युत तारबाट आगलागी भएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


