चीनले भारततर्फ संकेत गर्दै भन्यो – चीन र नेपालको सम्बन्धले तेस्रो पक्षलाई असर गर्दैन
काठमाडौं । भारततर्फ संकेत गर्दै चीनले नेपालसँगको आफ्नो सम्बन्धले तेस्रो पक्षलाई कुनै पनि असर नगर्ने भएको बताएको छ ।
चिनियाँ विदेश मन्त्रालयमा आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता होउ चिनयुङले भनिन्,’मेलै के कुरामा जोड दिनुपर्छ भने चीन र नेपालको मित्रवत सम्बन्ध चिनियाँ र नेपाली जनताका लागि फाइदाजनक छ । हाम्रो सम्बन्धले कुनै पनि तेस्रो पक्षलाई असर गर्ने छैन् ।’
उनले नेपाल र चीन हिमाल र नदिले जोडिएका दुई मित्रवत छिमेकी मुलुक भएको बताइन् । उनले भनिन्, ‘चीन नेपालसँग सबै क्षेत्रमा सहकार्य सुदृढ बनाउन काम गर्न, बीआरआईमा गुणात्मक सहकार्य गर्न र सम्बन्धलाई नयाँ तहमा पुर्याउन काम गर्न तयार छ ।’
पछिल्लो समयमा भारतले नेपालको चीनसँगको सम्बन्धको बारेमा चासो राख्दै आएको छ । भारतीय त्यही चासोलाई संकेत गर्दै चिनियाँ विदेश मन्त्रालयबाट यस खालको अभिव्यक्ति आएको हो ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


