इटलीको नापोलीले आफ्नो रंगशालालाई म्याराडोना नामाकरण गर्ने
काठमाण्डाै – इटलीको नापोलीले आफ्नो रंगशालालाई स्वर्गीय खेलाडी डिएगो म्याराडोनाको नामबाट नामाकरण गर्ने भएको छ । अर्जेन्टीनाका पूर्व मिडफिल्डर तथा प्रशिक्षक म्याराडोनाको ६० वर्षको उमेरमा हृदयघातबाट निधन भएको थियो ।
म्याराडोनाले नापोलीलाई सन् १९८७ र १९९० मा सिरी ‘ए’ उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । नापोलीको सिटी काउन्सिलको बैठकले स्टुडियो सान पाउलोलाई डिएगो अर्मान्डो म्याराडोना नामबाट सम्बोधन गर्न स्वीकृति दिएको छ ।
सन् १९८४ मा बार्सिलोनाबाट नापोली पुगेका म्याराडोनाले त्यहाँ ७ वर्ष बिताएका थिए । सिरी ‘ए’ बाहेक उनले क्लबलाई सन् १९८७ मा कोपा इटालिया र सन् १९८९ मा यूईएफए कप र इटालियन कपको उपाधि पनि दिलाएका थिए ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


