नेकपा सचिवालय बैठक आज बस्दै, दुई अध्यक्षको विवादले बैठक अर्थहीन बन्दै
काठमाण्डौ – नेकपा सचिवालय बैठक आज बस्दै छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीभित्रको विवाद समाधान कसरी गर्ने भन्नेबारे छलफल हुने नेकपा स्रोतले जनाएको छ । यसअघि बुधबार बसेको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली सहभागी हुनुभएको थिएन ।
आजको बैठकमा भने उहाँ सहभागी हुने ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद बढ्दै जाँदा नेकपा सचिवालय बैठक अर्थहीन हुँदै आएको छ ।
एक-अर्काबीच गम्भीर आरोप-प्रत्यारोपसहित बेग्लाबेग्लै राजनीतिक प्रस्ताव अघि सारेका दुई अध्यक्ष आ-आफ्नो रणनीतिलाई बलियो बनाउन सक्रिय हुँदै आएका छन् । दुई अध्यक्षलाई मिलाउन दोस्रो र तेस्रो तहका नेताहरु सक्रिय हुँदै आएका छन् ।
हिजो दिनभर नेताहरु सहमतिका लागि छलफल गरे पनि प्रयास सफल हुन सकेन । प्रधानमन्त्री एवं अध्यक्ष ओलीले अनौपचारिक छलफल गरेर निचोड निकाल्नुपर्ने र केही समयका लागि सचिवालय बैठक रोक्नुपर्ने पक्षमा हुनुहुन्छ भने कार्यकारी अध्यक्ष प्रचण्ड बैठकबाटै सबै समस्याको समाधान खोज्नुपर्ने पक्षमा रहनुभएको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


