खोटाङमा घरबाट निस्कने फोहोरबाट मल उत्पादनको तयारी
खोटाङ – खोटाङमा घर-घरबाट निस्कने फोहोरबाट मल उत्पादनको तयारी भएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बजारका घरबाट निस्कने फोहोरमैलालाई वर्गीकरण गरी मल बनाउने तयारी गरेको हो । दिक्तेल बजारका घरबाट निस्कने कुहिने फोहोरमैलालाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मामा स्थापना गरिएको कम्पोष्ट मल प्लाष्टमा लगेर मल बनाउन लागिएको हो ।
घरबाट निस्कने सागसब्जी, घाँसपात, फलफूल, खानेकुरा, कसिङ्गर जस्ता कुहिने फोहोरमैलालाई अलग-अलग राख्ने तथा हरेक आइतबार र बिहीबार ढुवानी गरेर कम्पोष्ट मल प्लान्टमा लैजाने व्यवस्थाको तयारी पूरा भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिप नारायण रिजालले बताउनुभयो ।
सोल्मामा कम्पोष्ट मल प्लाष्ट निर्माण सम्पन्न भएको केही समयपछि नगरपालिकाले फोहोरमैलालाई स्रोतबाटै वर्गीकरण गर्ने र कुहिने खालका फोहोरलाई कम्पोष्ट मल प्लाष्टमा लैजाने व्यवस्था गरेको हो । घरबाट सकेसम्म फोहोरमैला कम निकाल्ने र निस्किएका फोहोरलाई कुहिने, नकुहिने र शिशाजन्य फोहोरमा वर्गीकरण गरेर घरैमा राख्ने, बजारबाट निस्केको दिशाजन्य फोहोरलाई सोल्माकै बायोग्यास प्लान्टमा लैजाने निर्णय गरिएको मेयर रिजालले बताउनुभयो ।
यस्तै, बजारमा राखिएका डस्टबिनमा पैदलयात्रीबाट निस्केको फोहोर मात्र राख्ने, टोल विकास समितिले फोहोरमैला तथा सरसफाइ व्यवस्थापनसम्बन्धी जनचेतना जगाउने, सबैले सरसफाइ तथा फोहोरमैला व्यवस्थापनलाई एजेन्डाकै रूपमा प्रस्तुत गर्नेलगायतका निर्णय भएको नगरपालिकाले जनाएको छ । दिक्तेल बजारका नकुहिने फोहोरमैलालाई भने नगरपालिकाले संकलन गरेर डम्पिङसाइटमा लगेर थन्काउँदै आएको छ ।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…


