पाकिस्तानको एक अस्पतालमा अक्सिजनको अभावमा ६ जना बिरामीको ज्यान गयो
काठमाण्डाै – पाकिस्तानमा अक्सिजनको अभाव हुँदा ६ जना बिरामीको ज्यान गएको छ ।
ज्यान गुमाउने ६ जनामध्ये ५ जना कोरोना भाइरस सङ्क्रमित भएका बीबीसीले जनाएको छ । पेशावरमा रहेको खैबर टिचिङ अस्पतालमा अक्सिजन आपूर्तिमा ढिलाइ हुँदा बिरामीको ज्यान गएको हो । बेलेमै अक्सिजन पुर्याउन पटक-पटक आग्रह गरे पनि सुनुवाइ नहुँदा बिरामीको ज्यान गएको आफन्तले आरोप लगाएका छन् ।
अस्पताल प्रशासनले भने अक्सिजन आपूर्ति गर्ने सप्लाई कम्पनीको ढिलाइका कारण बिरामीको ज्यान गएको प्रतिक्रिया दिएको छ । अक्सिजनको अभाव भएपछि बिरामीका आफन्तलाई आफैँ अक्सिजनको सिलिन्डर व्यवस्था गर्न भने पनि केहीले मात्रै व्यवस्था गर्न सकेका अस्पतालका कर्मचारीले बताएका छन् ।
पाकिस्तानमा अहिलेसम्म चार लाखभन्दा धेरै मानिसलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ भने कोरोनाका कारण ८ हजार जनाको ज्यान गएको छ ।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…


