कृष्णनगरमा भन्सार छलि गर्दै ल्याइएको समान बरामद
कृष्णनगर, कपिलवस्तु,
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ महेन्द्र पार्क नजिक बाट भन्सार छलि गरि ल्याउदै गरेको समान बरामद गरिएको छ । इलाका प्रहरी कृष्णनगर मताहतमा रहेको अस्थायी प्रहरी पोष्ट शुरक्षा जांच चौकी (लिंक गेट) इन्चार्ज प्रहरी नायब निरिक्षक रेशम बहादुर जि. सी. को कमाण्डमा खटिएको डिउटी टोलीले उक्त अबैध समान बरामद गरेको छ ।
महेंद्र पार्क नजिक भारत बाट नेपाल तर्फ अबैध रूपमा ल्याउदै गरेको अवस्थामा प्रहरी लाई देख्नसाथ मानिस समान छोडी भारत तर्फ भागेको थियो । बरामद गरिएको रिमोट द्वारा चल्ने खेलौना र अन्य समानहरुरहेको छ । आवस्यक कार्यवाहीका लागी उक्त समान भन्सार कार्यालय कृष्णनगर पठाइने साथै उक्त समानको अनुमानित मुल्य रु ५९,१५०-/(उन्साठी हजार एक सय पचास) पर्ने कुरा इलाका प्रहरी कार्यालय कृष्णनगर ले जनाएको छ ।
आफूहरु अवैध कृयाकलाप रोक्न सधै तत्पर रहेको र आम जनता लगाएत सरोकारवाला संग निरन्तर छलफल गरीरहेको कुरा इलाका प्रहरी कार्यालय कृष्णनगर इन्चार्ज प्रहरी निरिक्षक सुकदेव पौडेलले जानकारी दिनुभएको छ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


