लोकसेवा आयोगको सर्भर ह्याक गरेको आरोपमा ३ जना पक्राउ
काठमाडौं । लोकसेवा आयोगको सर्भर ह्याक गरेर परीक्षार्थीलाई जथाभावी एसएमएस गर्ने घटनाका ३ आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।
लोक सेवा आयोगको सर्भर ह्याक गरी ९ हजार जनाको टेलिफोन नम्बरमा जथाभावी एसएमएस गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले ललितपुरबाट १ जना र पोखराबाट २ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका-९ सानोगाउँका २५ वर्षका विवेक महर्जन, कास्कीको पोखरा महानगरपालिका छोरेपाटनका १७ वर्षका युवक र घारीपाटनका १५ वर्षका युवकलाई पक्राउ गरेको हो ।
उनीहरुले सरकारी सूचना प्रवाहको आधिकारिक विद्युतीय माध्यममा अनधिकृत पहुँच पुर्याई विद्युतीय कारोबार ऐन २०६३ को परिच्छेद ९ बमोजिमको कसूर गरेको साइबर ब्यूरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले जानकारी दिए ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


