६ वर्षीया बालिका हत्याको अभियोगमा १९ वर्षीया युवती पक्राउ
रसुवा – ६ वर्षकी बालिकाको हत्या गरेको अभियोगमा नुवाकोटको किस्पाङ गाउँपालिका–५ की १९ वर्षकी सपना तामाङ पक्राउ परेकी छिन् ।
रसुवाको कालिका गाउँपालिका–१ फैलिगाङ कि बालिका सुमिना तामाङको अपहरण गरेर हत्या गरेको तामाङमाथि आरोप लागेको छ । आइतबारदेखि हराइरहेकी बालिकाको हिजो दिउँसो शव भेटिएको थियो । आइतबार बिहान विद्यालय गएकी बालिका बेलुकीसम्म घर नफर्किएपछि परिवारले खोजी गरेकाे थिए ।
परिचय खुल्न नसकेका एकजना महिलाले बालिकालाई लगेको हल्ला फैलिएपछि बालिकाको परिवारले अस्थायी प्रहरीचौकी ग्राङमा उजुरी दिएका थिए । तामाङले बालिकालाई अपहरण गरेर हत्या गरेको हुन सक्ने तर अनुसन्धानपछि मात्रै भन्न सकिने प्रहरी नायब उपरीक्षक इन्द्र सुवेदीले बताउनुभएको छ ।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…


