मन्त्री पौडेलेको उद्धघोष : डालपुर र नौरङ्गिया नमूना बन्नेछ
माधव बेल्बासे
कपिलवस्तु चन्द्रौटा,
लुम्बिनी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले कपिलवस्तुको बिजयनगर गाउँपालिकाको डालपुर र नौरङ्गिया नमूनाको रुपमा प्रदेशमा चित्रण हुने बताउनुभयो । भैसी विकास स्रोत केन्द्रको शुभारम्भ गर्न कपिलवस्तुको बिजयनगर पुग्नुभएकी मन्त्री पौडेलले बिजयनगर बासीले भैँसी पालनबाट राम्रो आम्दानी गर्न सक्ने बताउनुभयो । प्रदेश सरकार अहिले किसान खोज्दै गाउँ गाउँ पुगेको बताउँदै विकट क्षेत्रका नागरिकहरु अब व्यावसायिक बन्नुपर्नेमा जोड दिनुभयो । नेपालीहरुको जागिरे मानसिकता त्यागेर उद्यमी बन्ने सोच राखेर मालिक बन्नुपर्ने जनाउनुभयो ।
किसानले उत्पादन गरेका सामाग्रीको मुल्य अहिले सम्म व्यापारीले तोक्ने गरेकोले अब प्रत्येक तहमा सहकारी स्थापना गरी सहकारी मार्फत किनबेच गर्ने व्यवस्था मिलाउने तयारी प्रदेश सरकारले गरेको बताउनुभयो । “साना किसानहरुको लागि घुम्ती पसल संचालनमा गरी किसानले आफै उपभोक्तालाई विक्री गर्नेछन्,पौडेलले भन्नुभयो “काम गर्ने किसानलाई उत्पादनको आधारमा अनुदान दिने छ, ढुक्क भएर काम गर्नुहोस, ।”
ऋण लिएर कृषि पेशा गर्ने किसानको बैक ब्याज प्रदेश सरकारले तिरिदिने भएकोले बिदेश बाट फर्केर आएका युवाहरुले देशमै पेशा गर्न सुझाव दिनुभयो । जग्गा नभएका नागरिकहरुलाई मध्यनजर गरेर जग्गाको भाडा प्रदेश सरकारले तिरिदिने व्यावस्था रहेको उहाँले बताउनुभयो ।
बिजयनगर गाउँपालिकाको डालपुर र नौरङ्गियाका नागरिकहरुले बर्षौ देखि भैसीपालन गर्दै आएपनि त्यसलाई व्यावसायिक बनाउन नसकेको जनाउनुभयो ।
गाउँमा पटक पटक निरिक्षण गरेर सरकारले छनोट गरेको गाउँ रहेकोले अब यहाँका नागरिकहरुमा समृद्धिको समय आएको बताउनुभयो । कार्यक्रममा प्रदेश सभा सदस्य बिरेन्द्र कनौडियाले बिजयनगर गाउँपालिकाका नागरिकहरुको लागि अवसर प्राप्त भएको बताउनुभयो । अवसरलाई सदुपयोग गरेर गाउँमै स्वरोजगार बन्न आग्रह गर्नुभयो ।
गाउँपालिकाका ८० प्रतिशत भन्दा बढी नागरिकहरुको कृषि पेशा गर्ने भएपनि आकाशे पानीको भरपर्ने बाध्यता रहेको बताउनुभयो । प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले बिजयनगरको डालपुर र नौरङ्गियाका नागरिकहरुले भैसी पालन गरेर उत्पादन गरेको दुध देशको सबै ठाउँमा पु¥याउनुपर्ने बताउनुभयो । नमुना भैसी विकास केन्द्रको रुपमा विकास गर्न आग्रह गर्दै बजार ब्यावस्थापनमा समस्या हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।
प्रादेशिक योजना आयोगका उपाध्यक्ष डा ईश्वर गौतमले भैसी विकास स्रोत कार्यक्रमले स्थानिय नागरिकहरुलाई स्वरोजगार बनाउने बताउनुभयो ।उहाँले स्थायिनहरुदाई देशको नमुना बनाउने उद्देश्यले काम गर्न आग्रह गर्नुभयो । सुरुको चरणमा ६० घरपरिवारमा ५ वटा समुह निर्माण गरी ५ सय भैसी पालनको योजना रहेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव रेवतीवरण पौडेलले बताउनुभयो । यो चरणमा नश्ल सुधार,गोठ सुधार,पशु आहारा लगाएतका काम हुनेछन् । रु ३ करोड ८ लाखको लागतको उक्त कार्यक्रममा २० प्रतिशत विजयनगर गाउँपालिका,३० प्रतिशत स्थानिय नागरिक र ५० प्रतिशत तथा १ करोड ५४ लाख प्रदेश सरकारको लगानी रहने छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


