झापामा ७० वर्षीया वृद्धाको बलात्कारपछि हत्या
झापा, झापाको मेचीनगर १३ स्थित चारआली नजिकै ७० वर्षीया एक वृद्धाको बलात्कारपछि हत्या भएको छ ।
अर्जुनधारा नगरपालिका–११ निवासी ७० वर्षीया वृद्धा माइना हस्दाको शव राजमार्गको पाउंपाथीभरा मन्दिर अगाडी कल्भर्ट मुनि फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताउनुभयो ।
बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा भद्रपुर नगरपालिका–४ का ३५ वर्षीय विशाल बिर्जा पक्राउ परेका छन् ।
विर्जा आफैंले कल्भर्ट मुनि वृद्धाको शव फेला परेको भन्दै प्रहरीलाई खवर गरेको बताइएको छ ।
प्रहरीले विर्जालाई सोधपुछ गरेपछि उनी आफैंले बुधवार राति ती वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएको प्रहरी उपरीक्षक कोइरालाले बताउनुभयो ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


