आवासीय भिसा वा प्रवेश भिसाको अवधि बाँकी रहेकालाई कुवेत प्रवेशमा अनुमति
काठमाण्डौ – कुवेत सरकारले त्यहाँको स्वास्थ्य मन्त्रालयमा कार्यरत कर्मचारीलाई कुवेत प्रवेश गर्न अनुमति दिएको छ ।
आवासीय भिसा वा प्रवेश भिसाको अवधि बाँकी रहेका, कुवेतको स्वास्थ्य मन्त्रालयमा कार्यरत कर्मचारीलाई प्रत्यक्ष वा ट्रान्जिट हुँदै कुवेत प्रवेशमा अनुमति दिएको हो । यस्ता यात्रुहरुले आवासीय भिसा वा प्रवेश भिसा अवधि बाँकी रहेका आफ्ना श्रीमान् श्रीमती र छोराछोरीसँग भेटघाट गर्न सक्नेछन् ।
यस्तै यी कर्मचारीका परिवारका सदस्यले पनि प्रत्यक्ष वा ट्रान्जिट हुँदै कुवेत प्रवेश गर्न सक्ने कुवेतको नागरिक उड्यन मन्त्रालयले जनाएको छ । यस्तै बन्दरगाह तथा विमानस्थलमा कुवेत मोबाइल आईडी प्रयोग भएको एप्लिकेशन प्रयोग सम्बन्धी नियम पालना गर्न पनि कुवेत सरकारले आग्रह गरेको छ ।
कुवेत प्रवेश गर्न चाहनेले कुवेतको स्वास्थ्य मन्त्रालयद्वारा जारी स्वास्थ्य सम्बन्धी मापदण्ड अनिवार्य पालना गरेको हुनुपर्नेछ ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


