नेप्से झण्डै सय अङ्कले बढ्यो, ११ वटा कम्पनीका शेयरधनीले ९ प्रतिशतभन्दा धेरै कमाए
काठमाण्डौ – शेयर बजार परिसूचक नेप्से मङ्गलबार झण्डै एक सय अङ्कले बढेको छ । कारोबार हुने सबै समूहको शेयर बढेपछि नेप्से ९५ दशमलव ४६ अङ्कले बढेर २ हजार ६१ दशमलव ४२ विन्दुमा पुगेको छ ।
मङ्गलबार जीवन बीमा समूहको शेयर ९ सय ५० अङ्कले, निर्जीवन बीमा समूहको ५ सय २७ अङ्कले, उत्पादनको १ सय १३ अङ्कले, माइक्रो फाइनान्सको १ सय ७ अङ्कले, जलविद्युतको ८० अङ्कले, व्यापारको ७७ र बैंकिङ समूहको ७० अङ्कले बढेको छ ।
मङ्गलबार दुई सय पाँच कम्पनीका एक करोड २७ लाख कित्ता शेयर ६ अर्ब ७४ करोड ४० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको ८६ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
११ वटा कम्पनीका शेयरधनीले नौ प्रतिशतभन्दा धेरैका दरले कमाएका छन् । समग्र बजार बढे पनि नारायणी विकास बैंक र युनाइटेड मर्दी जलविद्युत् कम्पनीका शेयरधनीले भने नौ प्रतिशतभन्दा धेरैका दरले गुमाएका छन् ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


